शुक्रबार, साउन २३ गते २०८२ Aug 08 2025 Friday
images
images

क्रिकेट

टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा


  • 685
    SHARES
  • https://indrenipost.com/posts/7103
    फागुन २२, २०८० मंगलबार
    टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा

    काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।

    टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि सुरु हुँदैछ। जारी सिरिजमा नेदरल्यान्ड्स ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

    त्यसैगरी नेपाल ४ खेलमा एक जित र एक खेलको नतिजा ननिस्किएपछि ३ अंक हासिल गरेको थियो । नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

    नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, विनोद भण्डारी, विवेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहरा रहेका छन् ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij