मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

टी-२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो


  • 424
    SHARES
  • https://indrenipost.com/posts/7111
    फागुन २२, २०८० मंगलबार
    टी-२० सिरिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध नेपालले टस जित्यो

    काठमाडौं । जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र नेदरल्याण्डसबीच प्रतिस्पर्धा हुँदैछ ।

    टियु मैदानमा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको छ । कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् ।

    योसँगै नेदरल्याण्डसले पहिला बलिङ गर्ने भएको छ । जारी सिरिजमा नेदरल्याण्डस ४ खेलमा २ जित र एक खेलको नतिजा नआएपछि ५ अंकसहित शिर्ष स्थानमा रहेर फाइनलमा पुगेको छ भने नेपाल ४ खेलमा २ जित हासिल गर्दै ४ अंकसहित दोस्रो स्थानमा रहेर फाइनलमा पुगेको हो ।

    नेपालको प्लेइङ ११- रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, अरिफ सेख, करण केसी, गुल्शन झा, सोमपाल कामी, प्रतिश जिसी, र अविनाश बोहोरा ।  

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij