मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

साफ यू-१६ महिला फुटबल : आज नेपाल र भारतबीच प्रतिस्पर्धा


  • 703
    SHARES
  • https://indrenipost.com/posts/7132
    फागुन २४, २०८० बिहीबार
    साफ यू-१६ महिला फुटबल : आज नेपाल र भारतबीच प्रतिस्पर्धा

    काठमाडौं । जारी साफ यू-१६ महिला फुटबल प्रतियोगितामा आज नेपालले भारतको सामना गर्दैछ । ललितपुरस्थित च्यासल मैदानमा हुने यो खेल अपरान्ह ३ बजेदेखि सुरु हुनेछ ।

    जारी प्रतियोगितामा बंगालदेशले खेलेका २ खेल जितेर ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । त्यस्तै भारतले २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित दोस्रो स्थानमा छ भने नेपाल पनि २ खेलमा एक जित र एक हारपछि ३ अंकसहित तेस्रो स्थानमा रहेको छ ।

    त्यसैगरी भुटानले भने २ खेलमा दुवै खेलमा हार बेहोरेर अंकविहिन रहेको छ। अब नेपालले फाइनलमा पुग्न भारतविरुद्धको यो खेल जित्नै पर्ने अवस्थामा रहेको छ ।

    यस खेलमा जित बाहेक अन्य नतिजाले नेपाल प्रतियोगिताबाट बाहिर हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा बंगलादेशसँग २-० गोलले हार व्यहोरेको थियो भने दोस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो ।

    त्यस्तै भारतले पहिलो खेलमा भुटानलाई ७-० गोलले पराजित गरेको थियो भने दोस्रो खेलमा बंगलादेशसँग ३-१ ले हार बेहोरेको थियो । प्रतियोगितामा अब शुक्रबार बंगलादेश र भुटान खेल्ने छन् भने त्यसपछि शीर्ष स्थानमा रहेका दुई देशले आइतबार फाइनल खेल्ने छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij