भक्तपुर । भक्तपुर युवा टिम गोल्मढी भक्तपुरको आयोजनामा भइरहेको तेश्रो भक्तपुर कप फुटवल प्रतियोगिताको फाइनलमा पाण्डुबजार फ्रेण्डशिप क्लव पाण्डुबजार भक्तपुर र सामाजिक युथ क्लब भिड्ने भएका छन् ।
सेमिफाइनल खेलबाट झौखले युनाइटेडलाई हराई पाण्डुबजार र बी आर ब्रडर्सलाई हराई सामाजिक युथ क्लव फाइनलमा प्रवेश गर्न सफल भएको हुन् ।
प्रतियोगिताको फाइनल खेल शनिबार विहानको ११ बजे हुने जनाइएको छ । प्रतियोगिताको पहिलो हुन सफल टिमलाई नगद एक लाख २५ हजार र द्वितीय हुने टोलीलाई ६५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने जनाइको छ ।
प्रतियोगिता भक्तपुर नगरपालिका वडा नम्बर ७ स्थित महेश्वरी खेल मैदानमा हुनेछ । पाण्डुबजार र झोखेल युनाइटेडबीच भएको पहिलो खेलमा पाण्डुबजारले झौखेललाई २-० गोल गरी पाण्डुबजारले फाइनलको लागि यात्रा तय गरेका थियो ।
दोश्रो सामाजिक युथ क्लव र वी आर व्रडर्समा १-० ले सामाजिक युथ क्लवले फाइलय प्रवेश पाएको हो । प्रतियोगिताको पहिलो खेलमा उदयीमान खेलाडीका रूपमा पाण्डुबजारका सुसान श्रेष्ठ घोषित भए ।
म्यान अफ दी म्याचमा पाण्डुबजारकै इब्राहिम फोफोन घोषित भए । दोश्रो खेलमा उदयीमान खेलाडीमा वी आर ब्रडर्सका संयोग लिम्वू घोषित भए भने म्यान अफ दी म्याचमा सामाजिक युथ क्लवका ओसन राई घोषित भए ।
प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट खेलाडीलाई मायाको चिनो र नगद दुई हजार तथा उदयीमान खेलाडीलाई एक हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
प्रतियोगितामा कुल १६ वटा टिमहरूको सहभागिता रहेको थियो। त्यसमा भक्तपुर जिल्लाका ११ वटा टिमहरु रहेका थिए ।
भक्तपुरको भक्तपुर नगरपालिकाबाट ५ वटा, सूर्यविनायक नगरपालिकाबाट तीन वटा र चाँंगुनारायण नगरपालिबाट तीन वटा टोली प्रतिस्पर्धामा सहभागी रहेका थिए ।
अयोजक टिमका अध्यक्ष केशव त्वानाबासुले प्रतियोगितामा जिल्लाको मध्यपुर थिमि नगरपालिकाबाट भने सहभागिता नरेहेको बताए । मध्यपुर थिमिमा वडा लिग भइरहेकोले त्यहाँंबाट प्रतियोगिताहरुको सहभागिता नरहेको जनाइएको छ ।
प्रतियोगितामा काठमाडौंको दुई, काभ्रेको दुई र ललितपुर जिल्लाबाट एउटा टोली प्रतिस्पर्धामा सहभागी रहेको जनाइएको छ । प्रतियोगिताको उदघाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गरेका थिए ।
पुरस्कार वितरण भने संघीय सांसद प्रेम सुवालले गर्ने कार्यक्रम तय गरिएको छ ।