मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

सन्यास लिएको दुई वर्षपछि मैदानमा फर्किए पारस


  • 478
    SHARES
  • https://indrenipost.com/posts/7223
    फागुन २८, २०८० सोमबार
    सन्यास लिएको दुई वर्षपछि मैदानमा फर्किए पारस

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का संन्यासको साढे दुई वर्षपछि मैदान फर्किएका छन् ।

    एक्स्ट्राटेक ओभल प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिमा निर्माण गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदान उद्घाटनको अवसरमा सुरु एक्स्ट्राटेक लिजेन्ड कप टी-१० लिगमा विश्वकप २०१४ टोलीको कप्तानी गर्दै पारस मैदान फर्किएका हुन् ।

    २०७९ को साउन १९ गते सन्न्यास घोषणा गरेका पूर्वकप्तान खड्का खेल जीवनबाट व्यवस्थापनमा आइसकेका छन् ।

    क्यानको निर्वाचनबाट सचिवमा निर्वाचित हुँदै व्यवस्थापनमा आएका खड्का सन् २०१४ को विश्वकप खेलेको टोलीसँगै फेरि एकपटक मैदानमा देखिएका हुन् ।

    पारसको टोलीले पहिलो सेमिफाइनलमा नेपाली क्रिकेटको पहिलो ब्याचको टोली १९९६ लिजेन्ड्ससँग खेल खेल्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij