मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको खेल वर्षाले प्रभावित हुन सक्ने


  • 586
    SHARES
  • https://indrenipost.com/posts/7389
    चैत ११, २०८० आइतबार
    नेपाल र आयरल्यान्ड वुल्भ्सबीचको खेल वर्षाले प्रभावित हुन सक्ने

    काठमाडौं । नेपाली क्रिकेट टिम र आयरल्यान्ड वुल्भ्स ‘ए’बीचको पहिलो ट्वान्टी–२० खेल वर्षाले प्रभावित हुन सक्ने अनुमान गरिएको छ ।

    नेपालले सोमबार (भोलि) आयरल्यान्ड वुल्भ्ससँग पाँच खेलको ट्वान्टी–२० शृंखलाअन्तर्गत पहिलो खेल खेल्ने तालिका छ । खेल दिउँसो १ बजेदेखि सुरु हुने तय छ ।

    तर, सोमबार दिउँसो वर्षाको सम्भावना रहेकाले खेल प्रभावित हुन सक्ने अनुमान गरिएको हो । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले काठमाडौंमा भोलि दिउँसो १२–१ बजेपछि वर्षाको सम्भावना रहेको बताए ।

    मंगलबार (पर्सि) बिहान पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले बताए । तर, सोमबारको तुलनामा मंगलबार वर्षाको सम्भावना कम देखिएको उनले जानकारी दिए । मंगलबार दिउँसो बदली (आकाशमा बादल) भए पनि वर्षाको सम्भावना केही कम रहेको उनको भनाइ छ ।

    आज पनि काठमाडौंमा वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । आयरल्यान्ड वुल्भ्ससँगको सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । ट्वान्टी–२० शृंखलाको सुरुका दुई खेल भने रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली सिनियर टिमले खेल्नेछ ।

    त्यसपछिका तीन ट्वान्टी–२० र तीन खेलको एकदिवसीय शृंखला नेपालले विनोद भण्डारीको कप्तानीमा खेल्नेछ । आयरल्यान्ड वुल्भ्ससँग नेपालले सोमबार पहिलो खेलपछि चैत १३ गते दोेस्रो, १५ गते तेस्रो, १६ गते चौथो र चैत १८ गते पाँचौँ म्याच खेलिनेछ ।

    यस्तै, तीन एकदिवसीय खेल चैत २१, २३ र २५ गते खेलिनेछ । प्रतियोगिताका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ । आयरल्यान्ड ‘ए’ नेपाली ‘ए’ क्रिकेट टिमको दोस्रो प्रतिद्वन्द्वी हो । नेपाल ‘ए’ले यसअघि क्यानडा–११ सँग पहिलोपटक क्रिकेट शृंखला खेलेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij