इन्डियन प्रिमियर लिगअन्तर्गत गए राति भएको खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।
सुरुवाती ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको थियो ।
गुजरातका ऋद्धिमन साहले १९, शुभमन गिलले ३१ तथा साई सुदर्शनले ४५ रनको योगदान दिए ।
त्यस्तै अजमतुल्लाह उमरजाइले १७, डेभिड मिलरले १२ तथा राहुल तेबतियाले २२ रन जोडे ।
६ रन जोडेका विजय शंकर र ४ रन जोडेका राशिद खान भने नटआउट रहे । १६८ रनको विजय लक्ष्य पछ्याएको मुम्बई इन्डियन्स निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १६२ रनमा समेटिएसँगै गुजरातले ६ रनको जित निकालेको हो ।
मुम्बइका रोहित शर्माले ४३, नमन धिरले २०, डेवाल्ड ब्रेभिसले ४६, तिलक वर्माले २५ तथा टिम डेभिड र हार्दिक पाण्ड्याले समान ११/११ रन बनाए ।
जेराल्ड कोट्जे १ रनमा पेभेलियन फर्कंदा इशान किशान र पियुस चावलाले कुनै रन जोड्न सकेनन् । साम्स मुलानी र जसप्रित बुमराह भने १/१ रनमा अविजित रहे ।
बलिङतर्फ मुम्बइका बुमराहले ३ विकेट लिँदा कोट्जेले २ तथा चावलाले १ विकेट हात पारे । उता गुजरातका उमरजाई, उमेश यादव, स्पेन्सर जोनसन र मोहित शर्माले समान २/२ विकेट लिए । त्यस्तै शाही किशोरले १ विकेट लिए ।