काठमाडौं । पहिलो टी–२० अभ्यास खेलमा नेपाल ‘ए’ले आज आयरल्यान्ड ‘ए’ सँग खेल्ने भएको छ ।
खेल दिउँसो १ बजे टीयू क्रिकेट मैदानमा हुनेछ । नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’बीच समान तीन टी–२० र एक दिवसीय सिरिज हुनेछ ।
नेपालको कप्तानी विनोद भण्डारीले गर्दैछन् । आयरल्यान्ड ‘ए’ नेपालको सिनियर टोलीसँगका दुवै खेलमा पराजित भएको थियो ।