आइतबार, साउन २५ गते २०८२ Aug 10 2025 Sunday
images
images

समाचार

पेरिसको सत प्रतिशत जितमा नेयमार र इकार्डीको गोल 


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/744
    असोज ४, २०७८ सोमबार
    पेरिसको सत प्रतिशत जितमा नेयमार र इकार्डीको गोल 

    काठमाडौं । फ्रान्सको फ्रेन्च लिगा वानमा पेरिस सेण्ड जर्मेन (पेरिस)ले सत प्रतिशत जितलाई निरन्तरता दिएको छ । आईतबार राति घरेलु मैदानमा भएको खेलमा पेरिसले ओलम्पिक लियोनलाई प्रतिस्पर्धात्मक खेलमा २–१ गोल अन्तरले पराजित गर्दै सत प्रतिशत जितलाई निरन्तरता दिएको हो । 

    लगातार छैठांै जित निकाल्ने क्रममा पेरिसका लागि नेयमार र माउरो इकार्डीले एक÷एक गोल गरे । पराजित लियोनको लागि लुकास पाक्वेटाले गोल गरे । खेलमा अग्रता भने लियोनले लिएको थियो । दोस्रो हाफको ५४ मिनेटमा लुकासले भ्रमणकारी टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । 

    ६६ मिनेटमा नेयमारले पेनाल्टीमा गोल गर्दै पेरिसलाई बराबरीमा ल्याए । ८२ मिनेटमा मैदान प्रवेश गरेको माउरो इकार्डीले ९० मिनेटपछि थपिएको ३ मिनेटमा गोल गर्दै पेरिसलाई महत्वपूर्ण ३ अंक दिलाए । यसै सिजन क्लबमा अनुबन्धन भएका मेसी यस खेलमा समेत गोल विहीन रहे । सुरुवाती एघारबाट सुरुवात गरेका मेस्सी ७६ मिनेटमा मैदान बाहिरिएका थिए । 

    जितसँगै पेरिसले शीर्षस्थानमा ५ अंकको अग्रता बनाएका छ । ६ खेलमै जित निकालेको उसको १८ अंक छ । पराजित लियोन भने ६ खेलबाट ८ अंक सहित नवौं स्थानमा छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij