मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

खेलकुद

आयरल्यान्ड वुल्भ्ससँग प्रतिस्पर्धा गर्दै नेपाल ‘ए’


  • 352
    SHARES
  • https://indrenipost.com/posts/7448
    चैत १७, २०८० शनिबार
    आयरल्यान्ड वुल्भ्ससँग प्रतिस्पर्धा गर्दै नेपाल ‘ए’

    काठमाडौं । घरेलु मैदानमा आयोजित ट्वान्टी–२० शृंखलामा नेपाल ‘ए’ले आज आयरल्यान्ड वुल्भ्सविरुद्ध खेल्दै छ । हिजो पनि यी दुई टोलीबीच प्रतिस्पर्धा भएको हो ।

    त्रिवि क्रिकेट मैदानमा आज यी दुई टोलीबीच दोस्रो खेल हुन लागेको हो । हिजोको खेलमा आयरल्यान्ड वुल्भ्ससँग नेपाल ‘ए’ २१ रनले पराजित भएको थियो ।

    वुल्भ्सले प्रस्तुत गरेको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १९.३ ओभरमा सबै विकेट गुमाएर २०१ रनमा समेटिएको थियो ।

    वुल्भ्सले नेपाल ‘ए’ सँग तीन ट्वान्टी–२० र एकदिवसीय खेलको शृंखला खेल्ने तालिका छ । यसअघि नेपाल ‘ए’ र वुल्भ्सबीचको ट्वान्टी–२० शृंखला बिहीबारदेखि सुरु हुने तालिका थियो ।

    तर, पहिलो खेल वर्षा कारण सम्भव नभएपछि नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ तालिका निकालेको हो । नयाँ तालिकामा क्यानले वुल्भ्ससँगको तीन खेलको ट्वान्टी–२० शृंखलालाई निरन्तरता दिएको छ ।

    तालिकाअनुसार, नेपाल र वुल्भ्सले आज दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछन् । ट्वान्टी–२० शृंखलापछि यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखलामा प्रतिस्पर्धा गर्नेछन् ।

    एकदिवसीय शृंखला बुधबारदेखि सुरु हुनेछ । एकदिवसीय शृंखलाको पहिलो खेल बुधबार, दोस्रो शुक्रबार र तेस्रो आइतबार हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij