बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

नेपालविरुद्ध हङकङ : पूजाको स्थानमा बिमला खेल्ने 


  • 2.3K
    SHARES
  • https://indrenipost.com/posts/771
    असोज ५, २०७८ मंगलबार
    नेपालविरुद्ध हङकङ : पूजाको स्थानमा बिमला खेल्ने 

    काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोट अन्तर्गत दोस्रो खेलमा हङकङसँग खेल्ने नेपाली टोलीको सुरुवाती एघार सार्बजनिक भएको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा हुने दोस्रो खेलमा लागि नेपाली टोलीको प्लेइङ सेट सार्बजनिक भएको हो । खेल नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।

    प्रशिक्षक फिलिप्स ग्यारिले फिलिपिन्ससँगको खेलबाट १ मात्रै खेलाडी परिवर्तन गरेका छन् । चोट बोकेकी पूजा रानाको स्थानमा बिमला बिकले हङकङबिरुद्ध खेल्ने छन् । रेनुका नगरकोटीको कप्तानीमा हङकङविरुद्ध खेल्ने सुरुवाती–११ मा प्रीति राई, सबिता राना मगर र बिमला चौधरीले अट्याकको भूमिका निभाउने छन् ।

    यस्तै मिडलाइनमा रेणुकासहित, दीपा राई, मन्जली कुमारी योञ्जन र सरु लिम्बुलाई जिम्मेवारी दिइएको छ । यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, अमृता जैशी र बिमला बिक रहेका छन् । गोलरक्षकमा भने एञ्जिला तुम्बाप्पो सुब्बा रहेकी छन् ।
    यस अघि पहिलो खेलमा नेपाल बलियो फिलिपिन्ससँग २–१ गोल अन्तरले पराजित भएको हो । 

    sp.jpg

    नेपालको सुरुवाती – ११

    गोलकिपर – अन्जिला सुब्बा

    डिफेन्डर – हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, बिमला बिक 

    मिडफिल्डर – रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली कुमारी योञ्जन

    फरवार्ड – प्रीति राई, सबिता राना मगर, विमला चौधरी

    images

    रमेश सुवेदी
    उनी इन्द्रेणीपोष्ट डटकमका खेल संवादाता हुन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij