बिहीबार , असार ५ गते २०८२ Jun 19 2025 Thursday
images
images

खेलकुद

पहिलो हाफमा नेपाल र हङकङ बराबर


  • 2.7K
    SHARES
  • https://indrenipost.com/posts/776
    असोज ५, २०७८ मंगलबार
    पहिलो हाफमा नेपाल र हङकङ बराबर

    काठमाडौं । एएफसी महिला एसियन कप-२०२२ छनोट अन्तर्गत दोस्रो खेलको पहिलो हाफ बराबरीमा समाप्त भएको छ ।उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको दोस्रो खेलको पहिलो हाफ ०-० को अवस्थामा समाप्त भएको हो ।

    दुवै टोलीले केही राम्रा अवसर बनाए पनि गोल भने गर्न सकेनन् । नेपालले भने हङकङको तुलनामा राम्रो खेल प्रस्तुत गरेको छ । प्रशिक्षक फिलिप्स ग्यारिले फिलिपिन्ससङको खेलबाट १ मात्रै खेलाडी परिवर्तन गरेका छन् ।

    चोट बोकेकी पूजा रानाको स्थानमा विमला बिकले हङकङबिरुद्ध खेल्ने छन् । रेनुका नगरकोटीको कप्तानीमा हङकङविरुद्ध खेल्ने सुरुवाती-११ मा प्रीति राई, सविता राना मगर र विमला चौधरीलाई अट्याकको भूमिका निभाउने छन् ।

    यस्तै मिडलाइनमा रेणुकासहित दीपा राई, मन्जली कुमारी योन्जन र सरु लिम्बुलाई जिम्मेवारी दिएका छन् । यस्तै डिफेन्समा हिरा कुमारी भुजेल, गीता राना, अमृता जैशी र बिमला बिक रहेकी छन् ।

    गोलरक्षकमा भने एन्जिला तुम्बाप्पो सुब्बा रहेकी छिन् । यस अघि पहिलो खेलमा नेपाल बलियो फिलिपिन्ससंग २-१ गोल अन्तरले पराजित भएको हो ।

    नेपालको सुरुवाती - ११ गोलकिपर - अन्जिला सुब्बा डिफेन्डर - हिरा कुमारी भुजेल, अमृता जैशी, गीता राना, विमला बिक मिडफिल्डर - रेनुका नगरकोटी, सरु लिम्बु, मन्जली कुमारी योन्जन फरवार्ड - प्रीति राई, सविता राना मगर, विमला चौधरी 

    images

    रमेश सुवेदी
    उनी इन्द्रेणीपोष्ट डटकमका खेल संवादाता हुन् ।

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij