काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आह्वान गरेको छ ।
उक्त समितिको बैठक वैशाख २९ गते बस्ने महासचिव डा. मुकुल ढकालले जानकारी दिए ।
ढकालका अनुसार समग्र राजनीतिक परिस्थितिबारे छलफल, उपनिर्वाचनको समीक्षा लगायतका लागि केन्द्रीय समितिको बैठक आह्वान गरिएको हो ।
यस्तै केन्द्रीय समिति बैठकको कार्यसूची तय गर्न रास्वपाले सचिवालय बैठक पनि बोलाएको छ । रास्वपाको सचिवालय बैठक आगामी शुक्रबार बस्नेछ ।
त्यस्तै संसदीय दलको बैठक वैशाख २४ गते बस्ने महामन्त्री ढकालले जानकारी दिए ।