काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरवारमा अपराह्न चार बजे बस्ने गरी बोलाएको छ ।
बैठकमा सरकारले संघीय संसदको हिउँदे अधिवेशन आह्वानको सिफारिस गर्ने तयारी गरेको छ । गत चैत ३० मा हिउँदे अधिवेशन अन्त्य गरेको सरकारले बजेट अधिवेशन बोलाउनका लागि सिफारिस गर्न लागेको हो ।
हिउँदे अधिवेशन वैशाख २५ का लागि बोलाउने तयारी सरकारले गरेको छ । जेठ १५ मा आगामी वर्षको बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।