आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

आइपिएलमा आज दुई खेल हुँदै


  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/8001
    बैशाख २३, २०८१ आइतबार
    आइपिएलमा आज दुई खेल हुँदै

    इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । आज आपिएलमा पहिलो खेल पञ्जाव किंग्स र चेन्नई सुपरकिंग्सबीच हुँदैछ । धर्मशालामा हुने यो खेल नेपाली समय अनुसार अपराहन्न ३: ४५ बजेदेखि सुरु हुँदैछ ।

    जारी आइपिएलमा पञ्जाव किंग्सले १० खेलमा ४ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ । ८ अंकसहित पञ्जाव छैटौं स्थानमा रहेको छ । त्यसैगरी चेन्नईले भने १० खेलमा ५ जित र ५ हार बेहोरेको छ । १० अंकसहित चेन्नई अंक तालिकामा चौथो स्थानमा रहेको छ ।

    त्यसैगरी दोस्रो खेल लखनउ सुपर जाइन्ट र कोलकोता नाइट राइडर्सबीच हुदै छ । लखनउमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुने छ । जारी आइपिएलमा लखनउले १० खेलमा ६ जित र ४ हार बेहोरेको छ । १२ अंकसहित लखनउ अंक तालिकामा तेस्रो स्थानमा रहेको छ ।

    त्यस्तै कोलकोताले १० खेलमा ७ जित र ३ हार बेहोरेको छ । १४ अंकसहित कोलकोता दोस्रो स्थानमा रहेको छ ।         

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij