आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

एलिट कप

जितका लागि आर्मीले पायो ११६ रनको लक्ष्य


  • 334
    SHARES
  • https://indrenipost.com/posts/8036
    पुष २८, २०८१ आइतबार
    जितका लागि आर्मीले पायो ११६ रनको लक्ष्य

    जनकपुर ।  जनकपुरमा जारी जय ट्रफी एलिट कप क्रिकेटको आइतबार दोस्रो तथा अन्तिम दिन त्रिभुवन आर्मी क्लबले बागमती प्रदेशविरुद्ध जितका लागि ११६ रनको लक्ष्य पाएको छ ।

    बागमतीले पहिलो पारीमा ११२ र दोस्रो पारीमा २१८ रन बनायो । आर्मीले पहिलो पारीमा २१५ रन बनाएको थियो । आइतबार अलआउट हुनुअघि बागमतीले २१८ रन बनाएपछि आर्मीले ११६ रनको लक्ष्य पाएको हो । 

    बागमतीका लागि दोस्रो पारीमा शुभ कंसाकारले ७० र रित गौतमले ५२ रन बनाएका थिए । पहिलो पारीमा इशान पाण्डेले ७१ रन बनाएका थिए । 

    आर्मीका लागि दोस्रो पारीमा ललित राजवंशीले तीन विकेट लिए भने श्रवण यादवले २ विकेट लिए । पहिलो पारीमा राजवंशीले ४ विकेट लिएका थिए भने पहिलो ह्याट्रिक गरेका श्रवण यादवले तीन विकेट लिएका थिए । 

    जारी प्रतियोगतामा दुवै टिम जितविहीन छन् । यो लिग चरणको अन्तिम खेलमा आर्मी जित नजिक छ । अंकतालिकामा पुलिस क्लब शीर्ष, आर्मी दोस्रो, बागमती तेस्रो र मधेश प्रदेश चौथो स्थानमा छन् । शीर्ष दुई टिमले मंगलबार फाइनल खेल्नेछन् । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij