आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

विश्वकप क्रिकेट प्रतियोगिता

यू– १९ महिला टी– २० विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजलाई नेपालको कडा प्रतिस्पर्धा


  • 532
    SHARES
  • https://indrenipost.com/posts/8049
    पुष २९, २०८१ सोमबार
    यू– १९ महिला टी– २० विश्वकप : अभ्यास खेलमा वेस्ट इन्डिजलाई नेपालको कडा प्रतिस्पर्धा

    काठमाडौं । मलेसियामा हुने यू– १९ टी– २० महिला विश्वकप क्रिकेट प्रतियोगिताका लागि मलेसियामा रहेको नेपाली टिमले सोमबार वेस्ट इन्डिजसँग अभ्यास खेल खेलेको छ । 

    खेलमा नेपाल ९ रनले पराजित भएको छ । पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले ४ विकेटमा १०९ रन बनाएको थियो । जवाफमा नेपाल १०० रन बनाउँदा अलआउट भयो ।

    नेपालका लागि सिमाना केसीले सर्वाधिक २३ रन बनाएकी थिइन् भने किरण कुवँरले १८ रनको योगदान दिएकी थिइन् । वेस्ट इन्डिजका लागि त्रिशा हाडर्टले २ विकेट लिएकी थिइन् ।

    यसअघि वेस्ट इन्डिजका लागि समरा रामनाथले २५ रन बनाएकी थिइन् । नेपालका लागि रचना चौधरीले १७ रन दिएर एक विकेट लिएकी थिइन् । प्रतियोगितामा नेपालले पहिलो खेल १८ जनवरीमा बंगलादेशसँग खेल्नेछ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij