आइतबार, असार १ गते २०८२ Jun 15 2025 Sunday
images
images

केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल आज हुँदै 


  • 280
    SHARES
  • https://indrenipost.com/posts/8152
    फागुन १७, २०८१ शनिबार
    केपी ओली एफसी र मछिन्द्र क्लबबीच दोस्रो सेमिफाइनल आज हुँदै 

    काठमाडौं ।  केपी ओली कप च्याम्पियनसिप फुटबल अन्तर्गत आज दोस्रो सेमिफाइनल खेल हुँदै ।  दोस्रो सेमिफाइनलमा आज केपी ओली फुटबल क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दशरथ रङ्गशालामा अपराह्न ५ बजे सुरु हुनेछ ।

    आयोजक केपी ओली एफसीले न्युरोड टिमलाई हराउँदै सेमिफाइनलमा पुगेको हो भने मछिन्द्रले भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई पराजित गरेको थियो । आजको विजेताले फाइनलमा त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । यसअघि शुक्रबार सम्पन्न पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबले सङ्कटा क्लबलाई २–१ गोलले हराउँदै फाइनलमा पुगेको छ ।

    प्रतियोगिताको फाइनल खेल आगामी सोमबार हुनेछ । ९ टोली सहभागी प्रतियोगिताको विजेताले १५ लाख ११ हजार १११ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पुरस्कार पाउने छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij