शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

च्याम्पियन्स लिग : लिभरपुलको रोमाञ्चक जित

  • 424
    SHARES
  • https://indrenipost.com/posts/8223
    फागुन २२, २०८१ बिहीबार
    च्याम्पियन्स लिग : लिभरपुलको रोमाञ्चक जित

    काठमाडौं । इङ्लिस क्लब लिभरपुलले फ्रेन्च क्लब पीएसजीमाथि रोमाञ्चक जित निकाल्दै च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेगमा सुखद सुरुवात गरेको छ ।

     

    बुधवार बिहान भएको खेलमा पेरिस सेन्ट जर्मेन ९पीएसजी०लाई उसैको घरमा १–० ले पराजित गर्दै प्रिमियर लिग लिडर लिभरपुलले सुखद सुरुवात गरेको हो ।

    पीएसजीको मैदानमा भएको खेलमा दबाब भने पीएसजीले दिएको थियो । घरेलु मैदानको फाइदा उठाउँदै लिभरपुललाई दबाबमा राखेको पीएसजीले गोल भने गर्न सकेन ।

    पीएसजीको एक दर्जन प्रहारलाई लिभरपुलका गोलकिपर एलिसनले सुन्दर बचाउ गरेका थिए ।

    निकै रोमाञ्चक प्रतिस्पर्धा बराबरीमा सकिने सम्भावनाबीच मोहम्मद सलाहको ठाउँमा मैदान प्रवेश गरेका हर्वी इलियटले खेल सकिन ३ मिनेटमा गोल गरेपछि घरेलु मैदानका दर्शक निराश बनेका थिए ।

    खेलमा ७१ प्रतिशत बल आफ्नो पोजिसनमा पार्दा समेत लिभरपुलसँग हार्नु परेको पीडा दर्शकहरूलाई थियो । अब दोस्रो लेग मंगलवार लिभरपुलको आफ्नो मैदानमा हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij