मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

१० औं महाधिवेशन सरगर्मी

एमाले केन्द्रीय कमिटी बैठक : विधान र ७० वर्षको उमेर हदबन्दीबारे छलफल


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/829
    असोज ८, २०७८ शुक्रबार
    एमाले केन्द्रीय कमिटी बैठक : विधान र ७० वर्षको उमेर हदबन्दीबारे छलफल

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक शुक्रबार बस्दैछ । ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बस्ने बैठकमा असोज १५ देखि १७ गतेसम्म हुने विधान महाधिवेशनका लागि राजनीतिक प्रस्ताव, सांगठनिक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमाथि छलफल हुनेछ । 

    यसअघि एमाले स्थायी कमिटीको बैठकमा सदस्यहरुले राखेको सुझावसहितको मस्यौदा प्रतिवेदनमाथि केन्द्रीय कमिटीको बैठकमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले बताए । 

    केन्द्रीय कमिटीको बैठकले यी प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने बताइएको छ । बैठक शनिबारसम्म चल्नेछ । एमालेले ललितपुरको गोदावरीमा विधान महाधिवेशन गर्ने तयारी गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेलामा उद्घाटन गरेको सभा हलमा पहिलो पटक एमालेको विधान महाधिवेशन हुन लागेको हो ।  

    विधानमा ७० वर्ष उमेरको चर्चा भइरहेको छ । अझै टुंगो लागेको छैन । ओली बाहेक अहिलेलाई अध्यक्षको हिम्मतिलो उम्मेदवार खडा भइसकेको छैन । महासचिव ईश्वर पोखरेलले इच्छा व्यक्त गरे पनि उनी अहिले पनि महासचिवको भूमिकामा देखिएका छैनन् । ओलीले उनलाई टाढा राखेर उपमहासचिव विष्णु पौडेललाई छायाँ महासचिव बनाएको चर्चा छ । 

    विपक्षीहरुसँग आक्रामक देखिने बेलामा पोखरेललाई अगाडि सार्ने तर पार्टीका गहन काम भने पौडेलबाट गराउन थालेपछि ओलीको कुटनीतिमा पोखरेल परेको आशंका छ । एमालेको महाधिवेशन हुँदै गर्दा फागुनअघि ओली अध्यक्ष नै हुने र फागुनपछि कार्यबाहक दिने सम्भावना पनि रहेको बताइन्छ । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij