शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

महिला क्रिकेटरको ग्रेडिङ इन्दु र पूजासहित चार खेलाडी ग्रेड ‘ए’मा 


  • 370
    SHARES
  • https://indrenipost.com/posts/8315
    फागुन २८, २०८१ बुधबार
    महिला क्रिकेटरको ग्रेडिङ इन्दु र पूजासहित चार खेलाडी ग्रेड ‘ए’मा 

     

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाली महिला क्रिकेटरको ग्रेडिङ सार्वजनिक गरेको छ । बुधबार सार्वजनिक भएको ग्रेडिङ अनुसार, ग्रेड ‘ए’मा राष्ट्रिय महिला टिमकी कप्तान इन्दु बर्मा, पूजा महतो, रुविना क्षेत्री र सीता राना मगर परेका छन् ।

    ग्रेड ‘बी’ मा कविता जोशी पर्दा ग्रेड ‘सी’मा कविता कुँवर र सम्झना खड्का परेका छन् । यसअघि ग्रेड ‘बी’ मा रहेकी कुँवर ग्रेड ‘सी’मा झरेकी हुन् ।

    यस्तै, ग्रेड ‘डी’मा विन्दु रावल, अलिशा यादव, सना प्रविन, रिया शर्मा, सिमाना केसी, सावित्री धामी, रोमा थापा, ईश्वरी विष्ट, कृष्मा विष्ट, ज्योत्सिना मरासिनी, रचना चौधरी र मनिषा उपाध्याय परेका छन् ।

    महिलातर्फ ग्रेड ‘ए’का खेलाडीले ५० हजार, ग्रेड ‘बी’का खेलाडीले ३५ हजार, ग्रेस ‘सी’का खेलाडीले २५ हजार र ग्रेड ‘डी’का खेलाडीले २० हजार रुपैयाँ मासिक पारिश्रमिक पाउने क्यानले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij