शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

इण्डियन प्रिमियर लिग : पञ्जाबसँग ११ रनले पराजित भयो गुजरात

  • 271
    SHARES
  • https://indrenipost.com/posts/8480
    चैत १३, २०८१ बुधबार
    इण्डियन प्रिमियर लिग : पञ्जाबसँग ११ रनले पराजित भयो गुजरात

    काठमाडौं । पञ्जाब किंग्सले गुजरात टाइटन्सविरूद्ध  जित निकालेको छ।

    इण्डियन प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा पञ्जाबले गुजरातमाथि ११ रनको जित निकालेको हो।

    नरेन्द्र मोदी  स्टेडियममा २४४ रनको लक्ष्य पछ्याएको गुजरातले ५ विकेट गुमाएर २३२ रनमात्रै बनाउन सक्यो।

    गुजरातका लागि ओपनर साइ सुदर्शनले सर्वाधिक ७४ रन बनाए। उनले ४१ बलमा ५ चौका र ६ छक्का हाने।

    जोश बट्लरले ३३ बलमा ४ चौका र २ छक्का प्रहार गरी ५४ रन बनाए। शेरफेन रथरफोर्डले २८ बलमा ४ चौका र तीन छक्का हानेर ४६ रन जोडे। कप्तान तथा ओपनर शुभमन गीलले १४ बलमा २ चौका र ३ छक्का प्रहार गरी ३३ रनको योगदान गरे।

    बलिङतर्फ अर्शदीप सिंहले २ तथा मार्को जनसेन र ग्लेन म्याक्सवेलले १र१ विकेट लिए।

    पहिले ब्याटिङ गरेको पञ्जाबले ५ विकेट गुमाएर २४३ रन बनाएको थियो।

    पञ्जाबका लागि कप्तान श्रीयास ऐयरले सर्वाधिक  ९७ रन बनाए। उनले ४२ बलमा ५ चौका र ९ छक्का प्रहार गरे।

    ओपनर प्रियान्स आर्याले २३ बलमा ७ चौका र २ छक्का प्रहार गरी ४७ रन बनाए। शशांक सिंह १६ बलमा ६ चौका र २ छक्का हानेर ४४ रन बनाउँदै नट आउट रहे।

    बलिङतर्फ साइ किशोरले तीन तथा कगिशो रबाडा र रशिद खानले एकरएक विकेट लिए।

    आइपिएलमा राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सबीच खेल हुनेछ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij