बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

राजनीति

एमाले जेठ २ मा नफर्किने भएपछि भीम रावलको समूह विकल्प खोज्दै 


  • 1.1K
    SHARES
  • https://indrenipost.com/posts/857
    असोज १०, २०७८ आइतबार
    एमाले जेठ २ मा नफर्किने भएपछि भीम रावलको समूह विकल्प खोज्दै 

    काठमाडौं । नेकपा (एमाले) तत्कालीन वरिष्ठ नेता माधव नेपालको साथ छोडेका भीम रावललगायत अन्य नेताहरू असन्तुष्ट बनेका छन् । पार्टीको पूर्वसंरचना २०७५ जेठ २ मा नफर्काइएको र १० बुँदे सहमति कार्यान्वयन नभएको भन्दै उनीहरू असन्तुष्ट बनेका हुन् ।

    संघीय राजधानीमा अस्ति (शुक्रबार) बसेको एमाले केन्द्रीय कमिटी बैठकमा सुदूरपश्चिम प्रदेशका तीन जना नेताले असार २७ गते गरिएको १० बुँदे सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्दै अध्यक्ष केपी शर्मा ओलीसँग प्रश्न गरेका थिए । बैठक सुरु भएको केही मिनेटमै उनीहरूले १० बुँदे सहमतिमा ढिलाइ भएको भन्दै ओलीसँग सवाल–जवाफसमेत गरे । 

    नेता भानुभक्त जोशीले बैठक सुरु भएको आधा घण्टाम बितेपछि ओलीलाई सोधे, ‘एमाले पूर्वसांगठानिक संरचना २०७५ जेठ २ र असार २७ गते गरिएको १० बुँदे सहमति कार्यान्वयनमा किन ढिलाइ भएको हो ?’ भनेर प्रश्न गरेका थिए । जोशीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘तपाईंले सोधेको प्रश्न बैठककोे एजेण्डाभित्र पर्दैन । र, यसबारेमा साथीहरूसँग सल्लाह गरेर निष्कर्षमा पुग्नुपर्छ ।’ ओलीको जवाफ सुनेर उनीहरूले चित्त बुझ्दो जवाफ नदिएको रावल समूहका एक नेताले बताए ।  

    ती नेताका अनुसार, ‘केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीसँग आफूहरूले सवाल–जवाफ गरेको हौँ । एमाले पूर्वसंरचना जेठ २ गते र असार २७ मा भएको १० बुँदे सहमति कार्यान्वयनमा ढिलासुस्ती भएको छ । यसप्रति अध्यक्ष कमरेडलाई चासो नबढेपछि हामीले बारम्बार यो विषयलाई कार्यान्वयनतर्फ लैजान आग्रह गरेका छौँ । तर, उहाँले पार्टीका विभिन्न सार्वजनिक कार्यक्रममै यस विषयले प्राथमिकता नपाउने भनेपछि हामी गम्भीर बनेका छौँ । ढिलो चाडो यो विषयलाई हामी कार्यान्वयनतिरै लिन्छौँ ।’

    असोज १५ देखि १७ गतेसम्म हुन लागेको विधान महाधिवेशनमा पेश गरिने विभिन्न प्रतिवेदनमाथि छलफलका लागि डाकिएको शुक्रबारको बैठकमा तीन नेताले अध्यक्ष ओलीले १० बुँदे सहमतिअनुसार पार्टीलाई पूर्वसांगठानिक अवस्थामै नफर्काएको गुनासो गरेका हुन् । बैठकमा १० बुँदे सहमतिबारे प्रश्न उठाएका नेता जोशीलगायत अन्य नेताले भदौ १३ गते जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानि)अनुसार एमाले जेठ २ को अवस्था सक्रिय हुनुपर्नेमा त्यस्तो नभएको गुनासो गरेका छन् । 

    उपाध्यक्ष भीम रावलले भने, ‘सर्वोच्च अदालतको फैसला र १० बुँदे सहमतिअनुसार जेठ २ मा लैजाने हो । केन्द्रीय कमिटीले अपानि पनि जारी गरेको छ । ुभदौ १३ गते जारी गरिएको अपानिअनुसार एमाले संरचना मूलभुत रूपमा २०७५ जेठ २ अघिको अवस्थामा क्रियाशील हुनेछ, भनिएको थियो । तर, सुदूरपश्चिम प्रदेशमा त्यसो हुन सकेको छैन । अपानिसँगै १० बुँदे सहमति संघदेखि वडास्तरसम्मको कमिटीलाई समेत पठाइएको छ । तर, त्यसको कार्यान्वयनमा नेतृत्वलाई चासो, चिन्ता र अनिच्छा छ ।’

    उपाध्यक्ष रालवलगायत सुदूरपश्चिमका चार नेताले राखेको विषयलाई ओलीले खासै चासो नदिएको बैठकमा उपस्थित एक केन्द्रीय सदस्यले बताए । ओली कमरेडले उहाँहरूको कुरा सुनेपछि पछि छलफल गरौँला भनेर टार्नु भएको छ, उनले भने । त्यस्तै अर्का एक केन्द्रीय सदस्यका अनुसार, ‘अध्यक्ष कमरेडले आफूहरूको विषयलाई हालसम्म महत्व नदिएको र ठिकै छ पछि हेरौँला भन्दै टार्ने सम्भावना देखिन्छ । उहाँले पछि छलफल गर्ने भने पनि यसतर्फ उहाँको चासो दखिँदैन ।’

    एमाले अध्यक्ष ओलीले पार्टीको पूर्वसंरचना २०७५ जेठ २ र १० बुँदे सहमति कार्यान्वयन नभए विकल्प खोज्ने भीम रावल पक्षका नेताले बताएका छन् । उनीहरू भन्छन्, ‘हाम्रो कुरा प्रष्ट छ । १० बुँदे सहमति कार्यान्वयन भएन भने अन्तर पार्टी निर्देशनअनुसार कमिटी अघि बढेन भने हामी विकल्पबारे सोच्छौँ । पार्टीले निर्णय गरिहाल्ने तर कार्यान्वयन नगर्ने हो भने त्यो अवैध र अनाधिकारिक एउटा राजनीतिक झुण्डमा परिणत हुन्छ ।’

    अध्यक्ष ओलीले आफूहरूलाई भुलाउने र अघि बढ्ने सोच बनाएको भन्दै गुनासो गरेका छन् । पार्टीभित्र निर्णय हुने तर कार्यान्वयन नहुने हो भने हामी त्यसलाई स्वीकार्दैनौँ । बरु हामी विकल्प खोज्न तयार छौँ भन्छन् उपाध्यक्ष रावल । आज एमाले केन्द्रीय कमिटी बैठक अन्तिम दिन हो । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij