आइतबार, साउन २५ गते २०८२ Aug 10 2025 Sunday
images
images

वरिष्ठ पत्रकार  रिसालको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 


  • 370
    SHARES
  • https://indrenipost.com/posts/8659
    चैत २५, २०८१ सोमबार
    वरिष्ठ पत्रकार  रिसालको निधनमा प्रधानमन्त्रीद्वारा दुःख व्यक्त 

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले अग्रज पत्रकार भैरव रिसालको निधनमा दुःख व्यक्त गरेका छन् ।

    रिसालको निधन भएको खबरले मर्माहत बनाएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।  रिसालको ९७ वर्षको उमेरमा आइतबार राती निधन भएको थियो । 

    ओलीले गत फागुन २१ गते रिसालसँग भएका भेट नै अन्तिम भेट हुन पुगेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् । ‘हितैषी मित्र भैरव रिसालसँग गत फागुन २१ गते भेट भएको थियो, त्यही भेट अन्तिम हुन पुग्यो, उहाँको हिजो निधन भएको खबर सुनेर मर्माहत छु, वरिष्ठ पत्रकार दिवङ्गत भैरव रिसालप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, ओलीले लेखेका छन ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij