मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

 नेपाल बार एशोसिएशनको चुनावको मतगणना सुरु हुँदै


  • 262
    SHARES
  • https://indrenipost.com/posts/8661
    चैत २५, २०८१ सोमबार
     नेपाल बार एशोसिएशनको चुनावको मतगणना सुरु हुँदै

     

    काठमाडौं । नेपाल बार एशोसिएशनको २७ औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना आज बेलुकादेखि हुँदै छ ।

    शनिवार बारको नयाँ कार्यसमितिका लागि मतदान भएको थियो। बारको नयाँ कार्यसमिति चयन गर्न नौ हजार ९५७ मतदाता रहेकामा ८० प्रतिशत मत खसेको थियो । काठमाडौँ र बाहिर गरी जम्मा ३६ वटा मतदान केन्द्रमा मतदान भएको थियो । कुल २५ जना रहने कार्यसमितिका लागि ५७ जनाको उम्मेदवारी परेको थियो ।

    बारको नयाँ नेतृत्वका लागि अध्यक्ष पदको उम्मेदवारमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ रहेका छन् ।

     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij