मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

बारको निर्वाचनमा अध्यक्ष श्रेष्ठको भन्दा मिश्रले भारी मतले अग्रता बढाए


  • 208
    SHARES
  • https://indrenipost.com/posts/8678
    चैत २६, २०८१ मंगलबार
    बारको निर्वाचनमा अध्यक्ष श्रेष्ठको भन्दा  मिश्रले भारी मतले अग्रता बढाए

    काठमाडौं । नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतगणना जारी छ । मंगलबार बिहान सवा ११ बजेसम्मको परिणाममा अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार डा.विजय मिश्रले अग्रता लिइरहेका छन् । उनलाई माओवादी केन्द्रका रमन कुमार श्रेष्ठले पछ्याइरहेका छन् ।

    मिश्रले ८६९ मत पाउँदा श्रेष्ठलाई ५२९ मत प्राप्त भएको छ। अध्यक्षका अन्य प्रत्यासी राजु कैनीले ६, आशिष पौडेलले ६ र उज्ज्वल घिमिरेले २ मत पाएका छन् ।

    यस्तै महासचिवमा मिश्रकै प्यानलका केदार प्रसाद कोइराला अगाडि छन् । कोइरालाले ८७१ मत पाएका छन् । यसैगरी श्रेष्ठ प्यानलका उम्मेदवार यज्ञमणि न्यौपानेले ४५६ मत पाएका छन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij