आज मिति वि.सं २०८१ चैत्र २७ गते बुधबार ई.सं २०२५ अप्रिल ९ नेपाल सम्बत ११४५ चिल्लाथ्व द्वादशी, सिद्धार्थि नाम संवत्सर सूर्य उत्तरायनं, वसन्त ऋतु, चैत शुक्ल द्वादशी, चन्द्रमा सिंह राशिमा, मघा नक्षत्र, गण्ड योग, बव करण । आज नेपालमा सूर्योदय बिहान ०५ बजेर ४५ मा भयो भने सूर्यास्त साँझ ०६ बजेर २५ मिनेटम हुनेछ ।
मेष राशि : भविष्यका लागि विशेष काममा जग बसाउने समय छ । व्यापारमा राम्रै फाइदा होला । स्वास्थ्य सबल रहनेछ भने कतै अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । मान-महत्व बढ्नेछ । मिठो भोजन प्राप्त होला । यात्रागत कार्य सफल हुनेछ । मित्रजन सहयोगी बनेर देखापर्लान् । आमोदप्रमोदमा रमिरहनुहुनेछ ।
बृष राशि : आजको दिन केही चुनौतीको सामना गर्नुपर्ने देखिन्छ । कृषि क्षेत्रमा रहेकाको लागि समय ठिकै भएपनि अन्य व्यवसायमा झमेलाको सामना गर्नुपर्ने योग छ । स्वास्थ्यगत समस्या आइपर्ने सम्भावना छ । अरूका काममा समय बित्न सक्छ । उपलब्धि प्राप्त गर्न निकै मिहिनेत गर्नुपर्ला । प्रयत्नका बाबजुद काम पूरा नहुनाले मन खिन्न रहन सक्छ । कामको सिलसिलामा यात्रा गर्दै हुनुहुन्छ भने आज थाती राख्नु उचित हुनेछ ।
मीथुन राशि : लामो समयदेखि प्रतीक्षा गरिएको काम बन्नसक्ने समय छ । प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुनसक्छ । साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ, तर समयमा होसियार बन्न नसक्दा काम बिग्रने र खर्च बढ्ने देखिन्छ, सजग रहनुहोला । मेहनतअनुसारको परिणाम खासै सन्तोषजनक नरहला । विद्यामा कमजोरी र लेनदेनमा विवाद हुने योग छ । विगतका समस्या बल्झिन सक्छन् । प्रतिष्पर्धी भने परास्त हुनेछन् ।
कर्कट राशि : आजको दिन अनावश्यक दौडधुपमा समय बित्ने देखिन्छ । परिणामदायी कर्मका लागि विशेष प्रयत्न गर्नुपर्ला । चोरी वा ठगीमा परिने योग छ । आर्थिक कारोबार गर्दा निकै नै सजगता अपनाउनु हितकर होला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । आफू कमजोर भएको अनुभूति हुनसक्छ । प्रतिकुलताको परवाह नगरी हिम्मत राखेर कर्मक्षेत्रमा जुट्नु नै उचित हुनेछ । साथीभाइको सहयोग प्राप्त हुनेछ ।
सिंह राशि : मनोकूलता र सुख बढ्ने समय छ । मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ । आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन् । दिगो फाइदाका लागि लगानी बढाउन सकिनेछ । प्रतिस्पर्धामा विजयी भइनेछ । रमाइलो यात्राको योग छ । शत्रुमाथि विजय प्राप्त होला । रसरागमा आकर्षण बढ्नेछ । पारिवारिक सुखशांति रहनेछ ।
कन्या राशि : कर्मबल वृद्धिले आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । सामाजिक दायित्व बढ्ला । कामको सन्दर्भमा विशिष्ट व्यक्तित्वहरूसँग मित्रता हुने योग छ । कला, साहित्य, मनोरञ्जन आदि क्षेत्रमा रुचि बढ्नेछ । रोकिएका काम बन्नाले उत्साह जागृत होला । शत्रुहरू किनारा लाग्नेछन् । यात्रागत कार्यमा सफलता प्राप्त हुनेछ ।
तुला राशि : भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ । व्यापारमा पनि राम्रै फाइदा होला । प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । कीर्तिमानी काम गर्ने समय छ । तथापि, आफ्नै कमजोरीले विवादमा परिएला, ध्यान राख्नुहोला । सवारीसाधन उपयोग गर्दा आजको दिन विशेष सावधानी अपनाउनु हितकर होला । मिठो भोजन प्राप्त हुनेछ ।
बृश्चिक राशि : ब्यस्तता केही बढेपनि श्रमको उचित मूल्यांकन हुनाले समय उत्साहवर्द्धक रहला । समय–सन्दर्भले नयाँ ज्ञान प्राप्त हुने देखिन्छ । लाभ हुने काम प्रारम्भ गर्ने समय छ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । भौतिक साधनसमेत जुट्नाले प्रसन्नता मिल्ने देखिन्छ । रमाइलो यात्राको योग छ । कामको चापबाट पनि फुर्सद मिलेको अनुभूति हुनेछ । आरोग्यता रहनेछ । शत्रुपक्ष परास्त हुनेछ ।
धनु राशि : आयस्रोत बढ्ने र साझेदारीमा राम्रो फाइदा हुने समय छ । मेहनतले आम्दानी बढाउनेछ । आयआर्जनका स्रोत बढ्नेछ । परिवारजनको साथले नयाँ आशा पलाउला । प्रेम र मित्रताको बन्धन कसिनेछ भने दाम्पत्यजीवन पनि सुखमय बन्नेछ । मिठो भोजन प्राप्त होला । बौद्धिक र रचनात्मक काम बन्नेछ । समस्याको समाधान प्राप्त होला ।
मकर राशि : कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ । अरूका विषायमा चासो लिँदा झमेला आइपर्नसक्छ, ध्यान राख्नुहोला । अस्वस्थताका बाबजुद कामको दायित्व बढ्ने देखिन्छ । सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ । इर्ष्यालुजनले काममा अवरोध गर्न सक्छन् । आफन्तको साथले पारिवारिक समस्याको समाधान होला । आरोग्यता रहनेछ । सन्तानसुख बढ्नेछ ।
कुम्भ राशि : दिन केही प्रतिकुल रहन सक्छ । ठूलो प्रयत्न गर्दा पनि उपलब्धि उठाउन मुस्किल पर्ने समय छ । परिवारजनबाट टाढिनुपर्ला । शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ । सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन, सचेत रहनुहोस् । व्यावसायिक काममा खर्च बढ्नेछ । अस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ । प्रेमभाव बढ्नेछ । नियमकानूनले साथ दिनेछ । चुनौतीका बाबजुद दायित्व पूरा गर्नुहुनेछ ।
मिन राशि : पराक्रम वृद्धि होला । रुचिका विषयमा लगानी बढाउने समय छ । विभिन्न अवसरले पछ्याउनेछन् । सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा हुनेछ । महत्वाकांक्षी योजना बिस्तारै फलदायी हुनेछन् । व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला । व्यापारमा सोचेको फाइदा नउठ्ने देखिन्छ । सुख आनन्द बढ्ने योग छ ।