सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

अछाम आगलागीमा सत्ताइस घर नष्ट, सात करोड बढीको क्षति


  • 172
    SHARES
  • https://indrenipost.com/posts/8689
    चैत २७, २०८१ बुधबार
    अछाम आगलागीमा सत्ताइस घर नष्ट, सात करोड बढीको क्षति

    अछाम। बान्निगढी जयगढ गाउँपालिकास्थित जयगढ बजारमा गएराति भएको आगलागीमा २७ वटा घर जलेका छन् । आगोबाट रु सात करोड भन्दा बढीको धनमाल नष्ट भएको छ ।

    मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रको सिलिण्डर विष्फोट हुँदा फैलिएको आगोले बजार सखाप पारेको हो । जलेका २७ घरमध्ये ११ वटामा स्थानीय व्यापारीले पसल सञ्चालन गरेका थिए ।

    अछामका प्रहरी प्रमुख ईश्वरीप्रसाद भण्डारीले आगलागीबाट रु सात करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको जानकारी दिँदै पीडितहरुबाट क्षतिको विवरण यथाशीघ्र सङ्कलन गरिने बताए ।

     
     

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij