शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

हङकङविरुद्ध पहिला बलिङ गर्दै नेपाल


  • 388
    SHARES
  • https://indrenipost.com/posts/8730
    चैत ३०, २०८१ शनिबार
    हङकङविरुद्ध पहिला बलिङ गर्दै नेपाल

    काठमाडौँ । हङकङमा भइरहेको चारदेशीय टी–२० शृङ्खलाअन्तर्गत लिग चरणको अन्तिम खेलमा आज नेपाल र घरेलु टोली हङकङ खेल्दै छन् ।

    हङकङको टिन क्वाङ रोड रिक्रिएशन ग्राउण्डमा टस जितेर नेपालले पहिले बलिङ रोजेको छ ।

    प्रतियोगितामा लगातार दुई खेल जित्दै अपराजित यात्रा कायमै राखेको नेपालले फाइनलमा पुग्नको लागि हङकङसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

    हङकङ, नेपाल, कतार र कुवेत सहभागी यस प्रतियोगितामा  नेपालको  ४ अंक छ । यसअघि आज बिहान भएको खेलमा  कुवेतले कतारलाई हराएर नेपालसँग अंक बराबर गरेको छ ।

    लिग चरणको खेलपछि शीर्ष दुई टोलीबीच भोलि फाइनल खेल हुनेछ । दोस्रो र तेस्रो स्थानको लागि पनि भोलि नै खेल हुनेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij