बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

आजको मौसम : कता-कता पर्ला पानी ?

  • 1.4K
    SHARES
  • https://indrenipost.com/posts/8746
    बैशाख ३, २०८२ बुधबार
    आजको मौसम : कता-कता पर्ला पानी ?

    काठमाडौं । यतिबेला काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा मौसम बदली (आकाशमा बादल) भएको छ।

    मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्का पानी परिरहेको पनि छ।

    ‘अहिले काठमाडौँ उपत्यकासहित देशका धेरै स्थानमा बादल लागेको छ, उनले भने, अहिले बिहान खासै पानी पर्ने सम्भावना नदेखिए पनि दिउँसो देशका विभिन्न स्थानमा वर्षा हुने सम्भावना देखिएको छ।’

    ‘हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत आंशिक प्रभाव छ’, मौसमविद् अधिकारीले  भने, ‘भोलिबाट वर्षा अझ बढ्ने सम्भावना देखिएको छ।’

    मौसम महाशाखाका अनुसार आज भने दिउँसो कोसी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। अनि देशको उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना छ।

    यस्तै आज राति कोसी प्रदेशलगायत बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षार हिमपात हुने सम्भावना पनि छ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij