सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

  • 595
    SHARES
  • https://indrenipost.com/posts/8748
    बैशाख ३, २०८२ बुधबार
    सर्वोच्चद्वारा पाँचखालका इँटा उद्योग बन्द गर्न आदेश

    काभ्रे । सर्वोच्च अदालतले पाँचखाल नगरपालिकामा सञ्चालिन इँटा उद्योग बन्द गर्न आदेश दिएको छ । अदालतले पर्यावरण र जनस्वास्थ्यलाई गम्भीर असर पारेको ठहर गर्दै त्यहाँ सञ्चालित इँटाभट्टा बन्द गर्न आदेश दिएको हो । 

    स्थानीयले पाँचखाल नगरपालिका, वन तथा वातारण मन्त्रालय, शिक्षा मन्त्रालय, पुरातत्व विभागलगायतलाई विपक्षी बनाई २०७६ साल पुस १४ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।हाल पाँचखालमा आठवटा इँटाभट्टा सञ्चालनमा छन् ।

    यसैबिच, पाँचखाल नगरले वातावरण नीति निर्माण गर्दै इँटाभट्टालगायत उद्योगलाई सुधारात्मक ढङ्गले अघि बढाउने नीति अवलम्बन गरेको विज्ञप्तिमार्फत जनाएको छ । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij