सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा

  • 1.0K
    SHARES
  • https://indrenipost.com/posts/8753
    बैशाख ४, २०८२ बिहीबार
    रास्वपा सहमहामन्त्री पदबाट सुमना श्रेष्ठको राजीनामा

    काठमाडौं । रास्वपा सहमहामन्त्री सुमना श्रेष्ठले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी छन् । प्रतिनिधि सभाको जिम्मेवारीमै रहने भन्दै उनले कार्यवाहक सभापति डिपी अर्याल समक्ष राजीनामा प्रस्ताव गरेकी हुन् ।

    आफू विधायकी भूमिकामै केन्द्रित रहने भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएकी सुमना पार्टी सञ्चालन प्रक्रियाप्रति असहमत रहँदै आएकी थिइन् ।

    रास्वपाभित्र पनि उनी अर्को चुनावसम्म पार्टीमा नरहने र अर्को पपुलिस्ट समूहबाट उम्मेदवार बन्ने आशंका भइरहेका बेला समानुपातिक सांसद श्रेष्ठले सहमहामन्त्री पदबाट राजीनामा गरेकी हुन् । यद्यपि उनको राजीनामा केन्द्रीय समिति बैठकमा छलफलका लागि पेश हुनेछ ।

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij