मेष : शुभ समाचारले हौसला बढाउनेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। पुँजी बजारबाट पनि राम्रो सफलता मिल्नेछ, तर साँझमा केही पैसा खर्च हुन सक्छ। भाग्यशाली रङ खैरो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
वृष : नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। आँटेको काममा अवरोध आउन सक्छ। बोल्दा विचार पुर्याउनुहोला। साँझमा भने कुनै कुराले मनमा शान्ति छाउनेछ। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने देखिन्छ। भाग्यशाली रङ रातो र अङ्क २ हो। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भोकालाई भोजन दिई कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
मिथुन : रमणीय र सुखद यात्राको योग छ। गरेको कार्यबाट नपत्याउँदो सफलता र फाइदा हुनेछ। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ। लामो समयदेखि रोकिएका अधुरा काम पूरा हुनेछन्। भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। निलो रङको प्रयोग नगर्ने।
कर्कट : विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। रमाइलो यात्राको सम्भावना छ र त्यसबाट दीर्घकालिक फाइदा पुग्नेछ। रोकिएको कामको गाँठो फुक्नेछ। नोकरी गर्नेले मानसम्मान पाउनेछन्। भाग्यशाली रङ सेतो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज निमुखा प्राणीलाई खानेकुरा दिई कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
सिंह : चिताएको कामले तीव्रता लिनेछ। कसैका लागि सन्तान प्राप्तिको योग छ। पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ। व्यापार व्यवसायबाट राम्रो सफलता मिल्नेछ। वैदेशिक कार्य सहजै सम्पादन हुनेछन्। भाग्यशाली रङ निलो र अङ्क ७ हो। प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या : आयव्यय, सुखदुःख बराबरी हुने खालको दिन छ। मन परेको मानिससँग टाढिनुपर्दा मनमा छटपटी र अशान्ति छाउनेछ। महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। सानातिना समस्यामा अल्झनुपर्नेछ। भाग्यशाली रङ हरियो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज भगवान् शंकरजीको दर्शन गर्ने। कालो रङको प्रयोग नगर्ने।
तुला : शुभ समाचारले हौसला बढाउनेछ। ठूला व्यक्तिले तपाईँको मेहनतको प्रशंसा गर्नेछन्। प्रेमीको सहयोग प्राप्त हुनेछ। लाभदायी यात्रा होला। ठीक समयमा सही निर्णय लिन सकिनेछ। कला र गलाको प्रभाव बढ्नेछ। भाग्यशाली रङ पर्पल र अङ्क ६ हो। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज हनुमानजीको दर्शन गर्ने। छलकपट नगर्ने।
वृश्चिक : शुभ समाचार सुन्न पाइएला। नयाँ रोजगारीको अवसर आउला। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय उत्कृष्ट छ। व्यापार व्यवसायबाट औसत लाभ हुनेछ। भाग्यशाली रङ खैरो र अङ्क ४ हो। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
धनु : धार्मिक तथा सांस्कृतिक गतिविधिमा संलग्न भइनेछ। विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। पुनर्मिलनको योग छ। आँटे-ताकेको पूरा होला। शुभ समाचार सुन्न पाइनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिएला। भाग्यशाली रङ रातो र अङ्क ५ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ५८ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज पितृ देवताको आशीर्वाद लिने। सजिलै अरूको विश्वास नगर्ने।
मकर : नियमित खर्च बढ्नेछ। आफ्नो विचार विपरीत निर्णय हुन सक्छ। सरकारी निकायको भय रहला। आर्थिक कारोबारमा विवाद आउन सक्छ। सुन्दरतामा धन खर्च हुनेछ। वैदेशिक क्षेत्रबाट राम्रै सफलता मिल्नेछ। भाग्यशाली रङ पहेँलो र अङ्क ९ हो। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज प्यासीलाई पानी दिने। तामसिक भोजन नगर्ने।
कुम्भ : पार्टी तथा सेमिनारमा सहभागी भइएला। दिन अविस्मरणीय सम्झनाले बित्नेछ। रोकिएको वैदेशिक कार्य अघि बढ्नेछ। जोस, जाँगर र हिम्मत बढ्न सक्छ। सुखद यात्रा हुने योग छ। भाग्यशाली रङ गुलाबी र अङ्क ८ हो। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज रोगीलाई सहयोग गर्ने। छलकपट नगर्ने।
मीन : लगनशीलताले कामहरू अगाडि बढ्नेछन्। रमणीय र सुखद यात्राको योग छ। परिवारसँग रमाइलो भेटघाट हुनेछ। नयाँ व्यक्तिबीच समीपता बढ्नेछ। अग्रजहरूको सुझावअनुसार अवसर पहिल्याउन सकिनेछ। भाग्यशाली रङ सेतो र अङ्क १ हो। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा उल्लेख गरिएको छैन, वैदेशिक कार्यमा ५४ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७५, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले आज वृक्षरोपण गर्ने। उत्तर दिशा नजाने।