सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

सडक उद्‌घाटन गर्न प्रधानमन्त्री चितवन जाँदै


  • 199
    SHARES
  • https://indrenipost.com/posts/8768
    बैशाख ५, २०८२ शुक्रबार
    सडक उद्‌घाटन गर्न प्रधानमन्त्री चितवन जाँदै

    काठमाडौं।  प्रधानमन्त्री केपी शर्मा ओली आज चितवन जाने भएका छन् । नारायणगढ बजारमा रहेको ६ लेनको सडक उद्‌घाटन गर्नका लागि प्रधानमन्त्री ओली आज चितवन, भरतपुर जान लागेका हुन्।

    उनका साथमा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह र भौतिक योजना तथा पूर्वाधार मन्त्री देवेन्द्र दाहाल पनि साथमा रहनेछ । 

    भरतपुरको गोन्द्राङदेखि पुल्चोकसम्म ६ किलोमिटर सडक ६ लेनको निर्माण भएको छ । जसअनुसार चार लेन र दुवै साइडतर्फ थप १-१ सर्भिस लेन तयार निर्माण सम्पन्न भए पछि प्रधानमन्त्री ओली आज त्यसको उद्घाटनमा चितवन जान लागेका हुन् ।

    तेस्रो पटक प्रधानमन्त्री हुँदा ओलीले २०७७ माघ १७ मा यो सडकको शिलान्यास गरेका थिए, जहाँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल भने अनुपस्थित भएकी थिइन् ।

    एक अर्ब ७६ करोड रुपैयाँ लागतमा निर्माण भएको सो सडकको दुवैतर्फ सडक बत्ती जडानको काम पनि सकिएको छ । ५० मिटर चौडाइ रहने ६ लेनको सडक क्षेत्रमा दायाँबायाँ ११.५ र ११.५ मिटर कालोपत्र गरिएको छ । त्यसको बीचमा ३ देखि ४ मिटरको मेडियन, मुख्य सडकको छेउमा नाली र त्यसभन्दा बाहिर ५.५ मिटरदेखि ६ मिटरसम्मको सर्भिस लेन तयार गरिएको छ । जसको उद्‌घाटन आज प्रधानमन्त्री ओलीले गर्दैछन् ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij