शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8775
    बैशाख ५, २०८२ शुक्रबार
    खेलकुदमा लगानी गर्न हिच्किचाउनु हुँदैन : सभामुख घिमिरे

     काठमाडौं । सभामुख देवराज घिमिरेले खेलकुद क्षेत्रमा लगानी वृद्धि गरेर सबैका लागि खेलकुद अवसर प्रदान गर्दै युवा प्रतिभा विकास गर्नुपर्ने बताएका छन् ।

    मदन भण्डारी स्पोर्टस् एकेडेमीको आयोजनामा पोखरामा सञ्चालन भएको दोस्रो संस्करणको ‘केपी ओली कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको आज समापन समारोहमा उनले खेलकुदमा लगानी गर्न पुरानो पुस्ता हिच्किचाउने गरेको उल्लेख गरे । ‘खेलकुदका नयाँ पूर्वाधार विकास र अधुरा काम छिटो पूरा गर्न सबैको ध्यान जानुपर्दछ । अहिले स्थानीय युवाको सक्रियता र सरकारको ध्यान पुग्दा केही काम भएका छन् । सरकारले खेलकुदमा लगानी बढाउनुपर्ने  आवश्यकता छ,’ सभामुख घिमिरेले भने ।

    खेलको माध्यमबाट सम्बन्ध विकास, युवाको सक्रियतालाई बढाउने, युवाको निराशा अन्त्य र प्रतिस्पर्धामा अगाडि बढ्दै अन्तरराष्ट्रिस्तरमा देशलाई चिनाउने काम गरेको उनको भनाइ छ ।‘नेपालले छोटो समयमै खेलकुदमा अन्तरराष्ट्रिय क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । खेलको माध्यमबाट पर्यटन विकास र कूटनीतिक सम्बन्ध विकास भएको छ । युवालाई खेलकुदमा अघि बढाउँदै नेपाललाई विश्वव्यापी रूपमा खेलको आकर्षक देशमा चिनाउनुपर्दछ’, सभामुख घिमिरेले भने ।

    राज्यले प्रतिभालाई नयाँ मञ्च स्थापना गर्दै भौतिक पूर्वाधार विकास र रोजगारी सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले क्रिकेटको विकासका लागि आफ्नै टिम बनाउने बताए । उनले यो प्रतियोगिताबाट छनोट भएका खेलाडीसहित अन्य खेलाडीको छनोट गरिने जानकारी दिए ।

    आचार्यले भने, ‘छनोट भएका खेलाडीलाई सम्पर्क गर्ने र नियमित प्रशिक्षणको व्यवस्था गर्नेछौँ । उचित सेवा सुविधा खेलाडीलाई प्रदान गर्नेछौँ ।’ प्रतियोगितामा कूल १६ टिमको सहभागिता रहेको थियो ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij