मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

संसद् विघटन हिजो, आज र भोलि पनि ठिक : एमाले अध्यक्ष ओली


  • 955
    SHARES
  • https://indrenipost.com/posts/878
    असोज १०, २०७८ आइतबार
    संसद् विघटन हिजो, आज र भोलि पनि ठिक : एमाले अध्यक्ष ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले २ पटक गरेको संसद विघटनको बचाउ गरेका छन् । आइतबारको केन्द्रीय कमिटी बैठकमा जवाफ दिने क्रममा अध्यक्ष ओलीले ताजा जनादेशमा जाने कुरा प्रतिगमन हुन नसक्ने भन्दै आफ्नो गलत कदमको बचाउ गरेका हुन् ।

    ‘ताजा जनादेशमा जाने कुरा राम्रो हो, राम्रो भएकैले संसद विघटन गरिएको हो तर पार्टी अध्यक्ष र प्रधानमन्त्रीलाई पछार्नका लागि जुन तानावाना बुनियो’, अध्यक्ष ओलीले भने, ‘ताजा जनादेशमा जाने कुरा हिजो पनि ठिक थियो, आज पनि ठिक छ र भोलि पनि ठिक हो ।’ त्यस्तै अध्यक्ष ओलीले माओवादीसँगको पार्टी एकता सोचि विचारी नै गरेको पनि बताए ।


    ‘माओवादीसँगको एकता सोचिविचारी नै गरेको हो । तर त्यो एकता भंग गर्न जुन ढंगको षड्यन्त्र भयो, त्यसलाई चिर्न नसक्दा विघटन रोक्न सकिएन’, अध्यक्ष ओलीको भनाइ छ । यसअघि एमाले बैठकमा समूहगत रुपमा तीन दस्तावेजमाथि भएको छलफलमा संसद विघटन, पार्टी एकता कायम रहन नसक्नु जस्ता विषय राजनीतिक प्रतिवेदनमा प्रस्ट नआएको भन्दै प्रश्न गरेका थिए ।  

     

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij