शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

चौंथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिडदैँ


  • 280
    SHARES
  • https://indrenipost.com/posts/8782
    बैशाख ६, २०८२ शनिबार
    चौंथो जीतका लागि नेपालले आज अफगानिस्तानसँग भिडदैँ

    काठमाडौं। आज नेपालले अफगानिस्तानसँग प्रतिस्पर्धा गर्दैछ । आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा नेपालले आज अफगानिस्तानसँग प्रतिस्पर्धा गर्न लागेको हो । 

    आजको सो खेल मुलपानीस्थित तल्लो क्रिकेट मैदानमा बिहान ९ः०० बजे देखी सुरू हुनेछ ।  यसअघि तीनवटा खेलमा लगातार जीत हासिल गरेको नेपाल आज चौथों जीतका लागि मैदानमा उत्रन लागेको हो । नेपालले पहिलो खेलमा  युएईलाई डकवर्थ लुईस पद्धति (डिएलएस) का आधारमा ५ रनले पराजित गरेको थियो भने दोस्रो खेलमा ओमानलाइ ८ विकेटले पराजित गर्दै दोस्रो जीत हासिल गरेको थियो ।

    गत बुधबार भएको तेस्रो खेलमा हङकङविरुद्ध खेलमा ९ विकेटको सानदार जित निकालेर नेपाल आज अफगानिस्तानसँग भिडन आइपुगेको हो । लगातार तीन खेलमा जीत हासिल गरेकाे नेपाल ६ अंकसहित शीर्ष स्थानमा रहेको छ । याे सँगै यस चरणमा याे नेपालकाे अन्तिम खेल हुनेछ । 

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij