काठमाडौं । नेकपा एमालेमा ७० वर्षे उमेर हद यथावत रहने भएको छ ।
ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठानमा बसेको केन्द्रीय कमिटी बैठकमा पेश भएका प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् ।
विधान संशोधन कार्यदलका संयोजक समेत रहेका पौडेलले नवौँ महाधिवेशनबाट पारित ७० वर्षे उमेर हद कायमै रहने बताएका हुन् । शुक्रबारदेखि सुरु समूहगत छलफल शनिबार सकिएको थियो । आइतबार अध्यक्ष केपी शर्मा ओलीले समेत प्रस्तावमाथि उठेका प्रश्नको जवाफ दिएपछि बैठक सकिएको छ ।
यसअघि विधान संशोधन प्रस्तावमाथि नेताहरुले केन्द्रीय पदाधिकारीमा ७० वर्षे उमेर हद हटाउनुपर्नेसहितका सुझाव दिएका थिए । समूहबाट आएका प्रश्नको जवाफ दिँदै उपमहासचिव पौडेलले ७० वर्षे उमेर हद कायमै राखिने भएको बताएका छन् ।