शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा 


  • 325
    SHARES
  • https://indrenipost.com/posts/8813
    बैशाख ९, २०८२ मंगलबार
    ब्राजिलियन फुटबल खेलाडी कार्लोस नेपालमा 

    काठमाडौँ । राजधानीमा जारी नेपाल सुपर लिग ९एनएसएल० फुटबल प्रतियोगिताको खेल हेर्न ब्राजिलियन लेजेण्ड फुटबल खेलाडी रोबर्टो कार्लोस आज नेपाल आइपुगेका छन् ।

    एनएसएल आयोजकले रोबर्टो कार्लोसलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेको थियो । कार्लोसले नेपाल आउँदा खुशी लागेको उल्लेख गर्दै नेपालमा रहेका ब्राजिलियन फुटबल समर्थकलाई धन्यवादसमेत दिए । उनी नेपाल सुपर लिग आयोजकको निमन्त्रणामा नेपाल आएका हुन् ।

    कार्लोसले बुधबार दशरथ रङ्गशालामा हुने पोखरा र धनगढीबीच हुने दोस्रो क्वालिफायरको खेल हेर्न जाने तय भएको ।

    सन् २००२ मा ब्राजिलले विश्वकप फुटबल प्रतियोगिताको उपाधि जित्दा कार्लोस प्रमुख खेलाडी थिए । त्यसअघि ब्राजिलले सन् १९९८ मा विश्वकप फुटबलको फाइनल खेल खेल्दा पनि कार्लोस आफ्नो टोलीको मुख्य खेलाडी थिए ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij