शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

 म्यानचेस्टर सिटीको रोमाञ्चक जीत 


  • 235
    SHARES
  • https://indrenipost.com/posts/8829
    बैशाख १०, २०८२ बुधबार
     म्यानचेस्टर सिटीको रोमाञ्चक जीत 

    काठमाडौं । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगमा बिजयी भएको छ । मंगलबार खेलमा अन्तिम समयको गोलले एस्टन भिल्लाविरुद्ध २–१ को रोमाञ्चक जित निकालेको हो ।

    इत्तिहाद रंगशालामा घरेलु टोली सिटीलाई जित दिलाउन बर्नार्न्डो सिल्भा र म्याथियस नुनेजले गोल गरेका थिए भने भिल्लाका लागि मार्कस रासफोर्डले जवाफी गोल फर्काएका थिए । खेलको पहिलो हाफमा नै सातौं मिनेटमै सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । १८औं मिनेटमा रासफोर्डले पेनाल्टीमा गोल गर्दै भिल्लालाई बराबरीमा ल्याएका हुन् ।

    तर, इन्जुरी समयमा नुनेजले गोल गर्दै सिटीलाई स्पष्ट तीन अंक दिलाउन सफल भए ।

    यो जितसँगै ३४ खेलमा ६१ अंक जोडेको सिटी तेस्रो स्थानमा उक्लिएको छ भने पराजित भिल्ला ३४ खेलबाट ५७ अंकका साथ सातौं स्थानमा रहेको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij