काठमाडौं । नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक अन्तिम समयमा स्थगित भएको छ । सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुने भनिए पनि अहिले स्थगित गरिएको केन्द्रिय प्रचार बिभागले जनाएको छ ।
केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२र०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखी संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक बोलाइएको थियो ।
पार्टीवाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बोलाइए पनि अन्तिममा स्थगित भएको सो बैठक कहिले बस्छ रु कुनै जानकारी दिइएको छैन ।