काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डबीचको भेटवार्तामा टीआरसीका विषयमा भइरहेको प्रक्रियाबारे छलफल भएको छ ।
सिंहदरवारमा आइतबार साँझ ओली प्रचण्डका साथै माओवादीका उपमहासचिव बर्षमान पुन र प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेल सहभागी थिए । खरेलले टीआरसी प्रक्रियाका बारेमा भइरहेका काम र प्रगतिबारे दुवै नेतालाई जानकारी गराएको बताए । भेटवार्तामा सत्यनिरुपण आयोगका विषयमा छलफल भएको माओवादी नेता वर्षामान पुनले जानकारी दिए । टिआरसीका सम्वन्धमा पीडित पक्ष र विभिन्न सरोकारवालाहरुले उठाएका विषयमा केन्द्रीत भएर दुई नेताबिच छलफल पुनको भनाइ छ ।
पीडितहरुले आफ्ना सरोकोकार विषय प्रधानमन्त्री र कांग्रेस सभापतिलाई सुनाएका रहेछन् । भोलि प्रमुख प्रतिपक्षी नेता प्रचण्डसँग भेट्न समय लिनुभएको छ । यही सन्दर्भमा आज भेटघाट भएको हो’, पुनले भने, ‘टीआरसीको विषय सकारात्मकरुपमा नै अघि बढिरहेको हामीले पायौ ।’
सर्वोच्च अदालतका पुर्व प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेतृत्वको सिफारिस समितिले सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी छनोेट प्रक्रिया अन्तिम चरणमा पुगेका बेला दुई शीर्ष नेताबिच भेटवार्ता भएको हो । द्धन्द्ध पीडित समुदायले सिफारिस समितिमाथि नै प्रश्न उठाएपछि दुई नेता छलफलमा जुटेका हुन् ।