बिहीबार , साउन २२ गते २०८२ Aug 07 2025 Thursday
images
images

प्रतिनिधिसभा बैठक आज बस्दै,यस्ताे छ सम्भावित कार्यसूची


  • 343
    SHARES
  • https://indrenipost.com/posts/8971
    बैशाख २२, २०८२ सोमबार
    प्रतिनिधिसभा बैठक आज बस्दै,यस्ताे छ सम्भावित कार्यसूची

    काठमाडौं। संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक नयाँबानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे सुरु हुनेछ ।

    बैठकमा सरकारले यही वैशाख १९ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नीति तथा कार्यक्रममाथि छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलबाट वैशाख १९ गते संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

    यस्तै, आर्थिक वर्ष २०८२–०८३ को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत हुने र सम्बोधनपछि छलफल गरिने संसद सचिवालयले जनाएको छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij