शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग


  • 307
    SHARES
  • https://indrenipost.com/posts/8977
    बैशाख २२, २०८२ सोमबार
    महिला टी-२० विश्वकप छनोट : नेपालको पहिलो खेल हङकङसँग

    काठमाडौं । आईसीसी महिला टी-२० विश्वकप छनोटअन्तर्गत नेपालले पहिलो खेल हङकङसँग खेल्ने भएको छ ।

    नेपाल क्रिकेट संघ क्यानले सोमबार नेपालको खेल तालिका सार्वजनिक गरेको छ । जसअनुसार समूह सी मा नेपाल, हङकङ र बहराइन रहेका छन् ।समूह चरणमा डबल राउण्ड रोविनमा खेल हुनेछ । शीर्ष स्थानमा रहने टोली सुपर राउण्डमा पुग्नेछ ।

    छनोटमा सहभागी ९ टिमलाई तीन समूहमा विभाजन गरिएको छ ।तीनवटै समूहको शीर्ष टोलीले सुपर राउण्ड लिग खेल खेल्नेछन् । त्यसबाट शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा पुग्नेछन् ।

    मे ९ मेदेखि २० सम्म थाइल्यान्डमा हुने छनोट प्रतियोगितामा घरेलु टोली थाइल्याण्डसहित नेपाल, हङकङ, बहराइन, भुटान, कुवेत, मलेसिया, कतार र यूएईले प्रतिस्पर्धा गर्नेछन् ।

    हाल भारतमा तयारी गरिरहेको नपाली महिला क्रिकेट टोली उतैबाट थाइल्याण्ड प्रस्थान गर्नेछ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij