सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

रास्वपा सांसद पराजुलीको प्रश्न, ‘जिबी राईलाई पक्राउ गरेर कहिले नेपाल ल्याइन्छ ?’  


  • 1.3K
    SHARES
  • https://indrenipost.com/posts/8985
    बैशाख २२, २०८२ सोमबार
    रास्वपा सांसद पराजुलीको प्रश्न, ‘जिबी राईलाई पक्राउ गरेर कहिले नेपाल ल्याइन्छ ?’  


     
    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले सहकारी ठगी संलग्न गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गीतेन्द्रबाबु  जिबी राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ ?  भन्दै प्रश्न गरेका छन्।

    प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद पराजुलीले सरकार सञ्चालनको दश महिना पुग्दासमेत राईलाई पक्राउ नगरिएको भन्दै आपत्ति जनाए। सरकारी ठगीमा संलग्न आफ्ना पार्टी कार्यकर्ता समेत मुछिने डरले सरकारले राईलाई पक्राउ नगरेको उनको आरोप छ।

    ‘तपाईंकै पार्टीले सरकार सञ्चालन गरेको दश महिना पूरा भइसक्यो। गितेन्द्रबाबु९जिबी० राईलाई कहिले पक्राउ गरेर नेपाल ल्याइन्छ रु जनताले प्रश्न सोध्ने गरेका छन्,’ पराजुलीले भने, ‘बाहिर आएअनुसार १६ अर्बमध्ये ७ अर्ब मात्र जिबी राईले आफूले ल्याएको र तिर्छु भन्ने सुनियो। ९ अर्बको भागेदार को को हुन् भन्ने तथ्यको उजागर हुने हुँदा जिबी राईलाई पक्राउ नगरिएको हो भनेर जनता त हल्ला गर्दै छन् नि । के त्यस्तै हो रु सहकारी पीडितको रकम नै फिर्ता गर्न सरकारलाई अघिल्लो वर्ष सुझाव नै पेस गरेको छ ।’

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij