सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रचण्डको प्रस्ताव ‘अब २०४७ पछि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न गरौं’ 

  • 4.8K
    SHARES
  • https://indrenipost.com/posts/8986
    बैशाख २२, २०८२ सोमबार
    प्रचण्डको प्रस्ताव ‘अब २०४७ पछि सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न गरौं’ 

     

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ ०४७ पछि सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग निर्माण गर्ने कुरा नीति तथा कार्यक्रममा समेट्न सरकारलाई सुझाव दिएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै अहिलेसम्म चर्चामा रहेका सबै काण्डहरूको न्यायिक छानबिन गर्ने विषय पनि समेट्न उनले माग गरे । भ्रष्टाचार र कुशासनको पोखरीमा नुहाएर सुशासनको कुरा गर्नुको अर्थ नभएको दाहालको टिप्पणी छ ।उनले यो सरकार गठन भएपछि भ्रष्टाचारीहरूलाई जोगाउन सत्ताको दोहन गरेको आरोप लगाए ।

    प्रचण्डले भने, ‘जनतामा चरम निराशा छाउनुको एउटा प्रमुख कारण यही बन्यो । सरकार गठनसँगै एकपछि अर्को फाइलहरू बन्द गरियो । त्रिविको जग्गा प्रकरणको फाइल त गायव नै भएको सुनिएको छ ।’

    उनले सरकारलाई सुशासनको पक्षमा रहेको प्रमाणित गर्न चुनौती दिए । 

    images
    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij