सोमबार, असार २ गते २०८२ Jun 16 2025 Monday
images
images

प्रधानमन्त्रीले भने, ‘पेन किलर  बढी खाएकाले मिर्गौला ‘फेल’ भयो’


  • 424
    SHARES
  • https://indrenipost.com/posts/9016
    बैशाख २५, २०८२ बिहीबार
    प्रधानमन्त्रीले भने, ‘पेन किलर  बढी खाएकाले मिर्गौला ‘फेल’ भयो’

     
    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुष्ठरोग निवारण प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुपर्ने बताएका छन् ।स्वास्थ्य मन्त्रालय र विभिन्न संस्थाद्वारा बिहीबार काठमाडौंमा आयोजित नेपाल कुष्ठरोग सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

    प्रधानमन्त्री ओलीले धेरै पेन किलर बढी खाएकाले मिर्गौला फेल भएको बताए । उनले नेपालमा प्रति १० हजारमा एक भन्दा तलको संख्यामा कुष्ठरोगी रहनु सुधारको संकेत भए पनि रोग पूर्ण उन्मुलन नभएसम्म आफूहरू सन्तुुष्ट नहुने बताउए । उनले कुष्ठारोगजस्ता सङ्क्रामक रोग लागिहाले नियमित उपचारलाई जागरणकै रुपमै सञ्चालन गर्न आग्रह गरेका छन् ।
    प्रधानमन्त्री ओलीले आफूूले पञ्चायतकालमा गोलघरमा रहँदा चिसो भुइँमा राखेर यातना दिइएको पनि स्मरण गरेका छन् । उनले त्यहीकारण आफ्नो मिर्गौला फेल भएको सन्दर्भ पनि कार्यक्रममा वर्णन गरे ।

    ओलीले पछिल्लो पटक २०७६ सालमा मिर्गौला प्रत्यारोपण गरेका थिए । मिर्गौलाले काम गर्न छाडेपछि २०६४ सालमा भारतको एपोलो अस्पतालमा पहिलो उनले पटक मिर्गौला प्रत्यारोपण गरेका थिए । २०६४ मा गरिएको मिर्गौलाले काम गर्न छाडेपछि २०७६ मा फेरि नयाँ मिर्गौला प्रत्यारोपण गरिएको थियो । अहिले प्रधानमन्त्रीको शरीरमा चारवटा मिर्गौला छन् । प्रधानमन्त्री ओलीले कुष्ठरोगीलाई हेलाँहोचो नगर्न कानुनमा संशोधन गर्ने र रोग सर्नबाट पनि बच्ने उपायका लागि सरकारले आवश्यक सहजीकरण गर्ने बताए ।

    त्यस्तै उनले कुनै पनि रोग लुकाउनु हुँदैन भन्ने सन्देशसहित आमसञ्चार र सूचना प्रविधिका माध्यमबाट कुष्ठारोग निवारणका लागि जागरण फैलाउन स्वास्थ्य मन्त्रालयलाई आग्रह पनि गरे ।

  • सम्बन्धित विषय:

  • # केपी ओली
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij