मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

एमाले अध्यक्ष ओलीले सम्पादकसँग छलफल गर्ने


  • 964
    SHARES
  • https://indrenipost.com/posts/907
    असोज १२, २०७८ मंगलबार
    एमाले अध्यक्ष ओलीले सम्पादकसँग छलफल गर्ने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली मिडियाका सम्पादकहरूसँग छलफल गर्ने भएका छन् । मंगलबार अपरान्ह नयाँ बानेश्वरमा छलफलको कार्यक्रम तय भएको हो । 

    सरकारबाट बाहिरिएपछि एमाले अध्यक्षले पहिलोपटक सम्पादकसँग छलफल गर्न लागेको हुन् । प्रधानमन्त्री छँदा पनि उनले बालुवाटारमा दुई–तीनपटक सम्पादकहरूसँग छलफल गरेका थिए ।

    नेकपा एमालेले असोज १५ देखि १७ गतेसम्म विधान महाधिवेशन आयोजना गरेको सन्दर्भका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे कुराकानी गर्न ओलीले सम्पादकहरूसँग भेटघाट कार्यक्रमको आयोजना गरेको एमाले नेताहरुले बताएका छन् । 

    सम्पादकहरूसँगको छलफल अपरान्ह ४ बजेपछि हुने एमाले नेता खिमलाल भट्टराईले जानकारी दिए । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij