शनिबार, जेठ ३१ गते २०८२ Jun 14 2025 Saturday
images
images

साफ यु–१९ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै


  • 217
    SHARES
  • https://indrenipost.com/posts/9081
    बैशाख ३०, २०८२ मंगलबार
    साफ यु–१९ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत खेल्दै

    काठमाडौं।  १९ वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपालले भारतसँग खेल्दैछ । खेल भारतको अरुणाञ्चलस्थित गोल्डेन जुब्ली रंगशालामा नेपाली समयअनुसार राति पौने ८ बजे सुरु हुनेछ ।सेमिफाइनलको यात्रा तय गरिसकेका दुवै टोली समूह ‘बी’ विजेता बन्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

    यसअघिको खेलमा नेपालले श्रीलंकालाई ५–० गोलले हराएको थियो भने श्रीलंकाविरुद्ध नै भारतले ८–० गोल गरेको थियो । तर गोल अन्तरका आधारमा भारत शीर्ष स्थानमा रहेको छ ।

    समूह विजेता बन्नका लागि नेपाललाई आजकाे खेल जित्नै पर्ने दबाब छ भने भारतलाई बराबरी गरे पुग्छ ।

    images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij