मंगलबार, असार ३ गते २०८२ Jun 17 2025 Tuesday
images
images

राजनीति

संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिए : ओली


  • 802
    SHARES
  • https://indrenipost.com/posts/922
    असोज १२, २०७८ मंगलबार
    संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिए : ओली

    काठमाडौं । नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई सञ्चारमाध्यमको खबरदारी नपुगेको टिप्पणी गरेका छन् ।

    विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको अन्तरक्रियामा बोल्दै ओलीले संविधान मिचिँदा पनि सञ्चारमाध्यम मौन देखिएको बताए । ‘अहिलेको सरकारलाई खबरदारी पुगेको छैन । कानुन र नियम मिचेको छ । तर, किन चप लागेर बस्नु भएको छ’ ओलीले प्रश्न गरे ।

    संविधान च्यातियो र मिचियो भनेर अगाडि हल्ला चलाइयो भन्दै ओलीले अग्रगामी सरकार बनाउनको लागि असंवैधानिक कदम चालेको कुरा मिडियाले नदेखेको बताए ।

    सांसदहरूको कारबाही रोकेर नयाँ पार्टीसमेत गठन भएको भन्दै ओलीले संसद् बन्द गरेर षड्यन्त्रमुलक ढंगले  अध्यादेश ल्याएको बताए । ‘निष्कासित मान्छे निष्कासित हुदैन । निर्वाचन आयोग पहिलै नियमावली तयार गरेर बसेको छ । सरकारले एमाले विभाजन गर्नको लागि अध्यादेश ल्याएर अव्यवहारिक कदम चालेको छ ।

    संविधान अनुसार नै ४० प्रतिशत केन्द्रीय सदस्य वा सांसदहरूले अर्को पार्टी खोल्न मिल्ने गरि अध्यादेश ल्याएको थियो । तर, त्यसको विरोध गर्नेहरूले अहिले अर्को पार्टी फुटाउने मनसायले अध्यादेश जारी हुँदा केही बोलेनन् ।’

    संसद बैठक चलिरहेको बेलामा अध्यादेश खारेज गरेको सुचना जारी गरेको भन्दै ओलीले कानुन निर्माण र फिर्ताको लागि संसद नै चाहिने बताए । ओलीले आफ्नो सरकारका पालामा सञ्चारमाध्यमबाट निकै खबरदारी भएको भन्दै धन्यवादसमेत दिए । सरकारले गल्ती नगरोस् भन्नका लागि खबरदारी आवश्यक रहेको उनको भनाइ थियो । 

  • सम्बन्धित विषय:

  • # नेकपा (एमाले)
  • images

    इन्द्रेणीपोष्ट
    मिडिया टुडे प्रा.लि.द्धारा सञ्चालित

    प्रतिक्रिया दिनुहोस
    सम्बन्धित समाचार

    © 2025 All right reserved to indrenipost.com | Site By : Sobij